CEDEP Nepal
Nepal Centre for Development & Policy Studies Pvt.Ltd
विकास तथा नीति अध्ययन केन्द्र नेपाल
CEDEP को स्थापना वि.स. २०६४ सालमा भएको हो । आफ्नो स्थापना कालदेखि नै यस संस्थाले अनवरत रुपमा विकास तथा नीति सम्बन्धी विषयहरुमा अध्ययन तथा अनुसन्धानका कार्यहरु गरिरहेको छ । काठमाडौंको केन्द्र मानिने पुतलीसडक, रामशाह पथ (सिहंदरवारको पश्चिम गेट तिर, ट्राफिक प्रहरि कार्यालय बग्गिखाना नजिकै, नेम भवन) मा यस संस्थाको आफ्नै भवन छ जुन मूल सडकबाट १०० मिटर भित्र रहेकोले राजधानीको बढ्दो सवारी चापका कारण उत्पन्न हुने अधिक ध्वनि प्रदूषणको प्रत्यक्ष असरबाट मुक्त छ ।
नेम विल्डिङ्ग को नामले चर्चित यो भवन भौतिक पूर्वाधारको दृष्टिले सुविधा सम्पन्न छ । अध्ययन– अध्यापन कार्यलाई लक्षित गरि भवन निर्माण गरिएकोले, पर्याप्त मात्रामा कक्षा कोठाहरुको व्यवस्था गरिएको छ । जहा प्रत्येक कक्षाकोठाहरुमा CCTV With Sound System, सुविधायुक्त फर्निचर, Multimedia Power Point System, लगायत अन्य आवश्यक भौतिक सामग्रीहरु र प्रकाश तथा हावा ओहोर–दोहोर हुने झ्यालहरु छन् । सफा र शान्तिपूर्ण वातावरणमा अध्ययन तथा अनुसन्धानका कार्यहरु गर्न सकिने यस संस्थामा सवारी सधान पार्किङ्गका लागि समेत पर्याप्त स्थान उपलब्ध छ । सफा, शुद्ध चमेना गृह भएको र सहुलियत शुल्कमा खाजा, खाना वितरण गरिने गरिन्छ ।
संस्था परिचय
आफ्नो स्थापना कालदेखि नै यस संस्थाले अनवरत रुपमा विकास तथा नीति सम्बन्धी विषयहरुमा अध्ययन तथा अनुसन्धानका कार्यहरु गरिरहेको छ ।
संस्थाको उद्देश्य
सार्वजनिक प्रशासन तथा व्यवस्थापन र विकास तथा नीतिसम्बन्धी विषयहरुमा अध्ययन / अध्यापन तथा अनुसन्धानका कार्यहरु गर्नुका साथै शिपमुलक तालिमको व्यवस्था समेत गर्नु यस संस्थाको मूल उद्देश्य रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि
CEDEP को स्थापना वि.स. २०६४ सालमा भएको हो । आफ्नो स्थापना कालदेखि नै यस संस्थाले अनवरत रुपमा विकास तथा नीति सम्बन्धी विषयहरुमा अध्ययन तथा अनुसन्धानका कार्यहरु गरिरहेको छ ।